नेभिगेशन
नेताका कुरा

असोज २१ गते सातवटै प्रदेश अधिवेशन गर्ने राप्रपाको तयारी

काठमडौँ । मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुंगो लगाएको राप्रपा जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंसिरको २६ देखि २८ गतेसम्म काठमाण्डौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिका बनाएको राप्रपाले मसान्तसम्म ७२ जिल्लाको अधिवेशन गरेको हो । 

Ncell
Extreme Energy

हालैको  भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई अधिवेशनको तालिकामा विशेष सुविधा दिएको राप्रपाले ती जिल्लाहरुलाई असोज १५ भित्र अधिवेशन गर्न समय दिएको छ। यसैगरी राप्रपाले भदौ मसान्तसम्म अधिवेशन गर्न बॅाकी रहेको जुम्ला र धनकुटा जिल्लालाई समेत सोही समयभित्र अधिवेशन गर्न मौका दिएको छ। 

स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि राप्रपा सबै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकैदिन असोज २१ गते गर्ने मिति तय गरेको छ। केन्द्रीय निर्वाचन समितिले एकैदिन गर्ने प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ। 

जसअनुसार कोशी प्रदेशमा निर्वाचन समिति सदस्य भरत पाठक, मधेश प्रदेशमा निर्वाचन समिति सदस्य राजाराम श्रेष्ठ, बागमती प्रदेशमा निर्वाचन समिति सदस्य प्रा।डा।जयन्तनाथ खनाल, गण्डकी प्रदेशमा निर्वाचन समिति सदस्य अमृत पुडासैनी, लुम्बिनी प्रदेशमा निर्वाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ, कर्णाली प्रदेशमा निर्वाचन समिति सदस्य रमानन्द न्यौपाने र सुदुरपश्चिम प्रदेशमा निर्वाचन समितिका सदस्य सचिव श्याम बहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ। 

राप्रपाको विधान अनुसार प्रदेश अधिवेशनमा सम्बन्धित प्रदेश अन्तर्गतका जिल्लाका अध्यक्षहरु तथा जिल्ला कार्यसमितिले आफूमध्येबाट छानी पठाएका महिला र उत्पीडित एक–एक जना सहित ७ जना, प्रदेश अन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्षहरु तथा क्षेत्रीय कार्यसमितिले आफू मध्येबाट छानि पठाएका महिला र उत्पिडित एक–एक जना सहित ५ जना, प्रदेश अन्तर्गतका प्रदेशसभा सबै प्रदेशसभा क्षेत्रीय कार्यसमितिका अध्यक्षहरु तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आफू मध्येबाट छानी पठाएका महिला र उत्पीडित एकएक जना सहित ४ जना र सम्बन्धित प्रदेश अन्तर्गतका नगर एवं गाउॅपालिका कार्यसमितिका अध्यक्षहरु प्रतिनिधि छनौट गरी पठाउने व्यवस्था रहेको छ।

राप्रपामा केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरु मध्येबाट छनौट गर्ने प्रावधान रहेको छ। समानुपातिक समावेशीताका आधारमा छनौट हुने महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरु मध्येबाट छानिनेछन्। राप्रपाले असोज १५ गतेसम्म सक्रिय सदस्यताको आवेदन दिने र फाराम प्रविष्ट गर्ने समय निर्धारण गरेको छ। देशैभर सक्रिय सदस्यताको विवरण फाराम भर्ने काम धमाधम भइरहेको राप्रपाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा...