नेभिगेशन
पूर्वाधार

प्राधिकरणका एमडी भन्छन्– उपभोक्तालाई दिइने बिजुली कटौती हुँदैन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गरेपछि कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीबाट करिब ४५० देखि ५०० मेगावाट विद्युत् बाहिरिएको अवस्था रहे पनि उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने बताएका हुन् । 

Ncell
Extreme Energy

उत्पादन र मागबीच बढ्दै गएको अन्तर व्यवस्थापन गर्नु प्राधिकरणको मुख्य चुनौती रहेको भन्दै उनले बर्खायामको अतिरिक्त बिजुली व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । नागरिकले चाहेको गुणस्तरीय बिजुली र निरन्तर आपूर्ति नै प्राधिकरणको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो । 

उनले उत्पादनतर्फ निजी क्षेत्रको ठूलो योगदान रहेकाले अब प्राधिकरणले ठूला जलाशययुक्त आयोजनाहरूका साथै प्रसारण लाइन र वितरण प्रणालीको सुदृढीकरणमा ठूलो लगानी गर्नुपर्ने खाँचो रहेको धारणा राखे । 

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...