नेभिगेशन
सबै कुरा

त्रिविको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि शिवलाल भुसाललाई पुनः निरन्तरता

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि  प्रा डा शिवलाल भुसाललाई पुनः निरन्तरता दिइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपकुलपति पदका लागि उनै भुसालसहित ४३ जनाले आवेदन दिए पनि नियुक्तिमा ढिलाइ भएको हो। नियुक्तिमा ढिलाइ हुने भएपछि भुसाललाई दोस्रो पटक उपकुलपति तोकिएको छ।

Ncell
Extreme Energy

त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा भुसाललाई तीन महिनाका लागि निरन्तरता दिएका हुन् । 

यसअघिका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि कात्तिक १६ गतेदेखि सकिएपछि प्रचण्डले कात्तिक १७ गते भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए।

विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपतिसहित पदाधिकारी तोक्ने प्रवृत्तिको विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले राजनीतिक भागबन्डा नगर्ने र मेरिटका आधारमा नियुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै