नेभिगेशन
सबै कुरा

४ वर्षपछि एक दिवसीयमा भिड्दै भारत र पाकिस्तान

१६ भदाै - श्रीलंकाको क्यान्डीमा एसिया कपको समूह चरणको खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान  आज आमनेसामने हुँदैछन् । उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।  खेल नेपाली समयअनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतका तर्फबाट रोहित शर्मा र पाकिस्तानका बाबर आजमले खेलको कप्तानी गर्नेछन् । पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ । 

Ncell
Extreme Energy

त्यस्तै पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको ११ जना खेलाडीलाई नै उसले निरन्तरता दिएको छ । उसले  खेल हुनुभन्दा अघिल्लो दिन नै आफ्नो प्लेईङ–११ घोषणा गरिसकेको छ । जहाँ फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ  रहेका छन् । 

त्यस्तै प्रतियोगिताको पहिलो खेल खेल्दै छ भारत । जो जितका साथ आगामी यात्रा सुरु गर्न चाहन्छ । पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न भारतले रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या , रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण तयार गरेको छ । त्यस्तै उसले सन्जु स्यामसनलाई वैकल्पिक खेलाडीका रुपमा अघि सारेको छ । 

एक दिवसीय खेलमा भारत र पाकिस्तान ४ वर्षपछि आमनेसामने भएका हुन् ।

भारतले आफ्नो दोस्रो खेल भने आगामी सोमबार नेपालसँग खेल्दैछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...