नेभिगेशन
सबै कुरा

४ वर्षपछि एक दिवसीयमा भिड्दै भारत र पाकिस्तान

१६ भदाै - श्रीलंकाको क्यान्डीमा एसिया कपको समूह चरणको खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान  आज आमनेसामने हुँदैछन् । उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।  खेल नेपाली समयअनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतका तर्फबाट रोहित शर्मा र पाकिस्तानका बाबर आजमले खेलको कप्तानी गर्नेछन् । पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ । 

Marvel

त्यस्तै पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको ११ जना खेलाडीलाई नै उसले निरन्तरता दिएको छ । उसले  खेल हुनुभन्दा अघिल्लो दिन नै आफ्नो प्लेईङ–११ घोषणा गरिसकेको छ । जहाँ फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ  रहेका छन् । 

त्यस्तै प्रतियोगिताको पहिलो खेल खेल्दै छ भारत । जो जितका साथ आगामी यात्रा सुरु गर्न चाहन्छ । पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न भारतले रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या , रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण तयार गरेको छ । त्यस्तै उसले सन्जु स्यामसनलाई वैकल्पिक खेलाडीका रुपमा अघि सारेको छ । 

एक दिवसीय खेलमा भारत र पाकिस्तान ४ वर्षपछि आमनेसामने भएका हुन् ।

भारतले आफ्नो दोस्रो खेल भने आगामी सोमबार नेपालसँग खेल्दैछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...

भर्खरै