नेभिगेशन
सबै कुरा

नेशनल मेडिकल कलेजका विद्यार्थी तथा चिकित्सकहरु ओपीडी बन्द गरेर आन्दोलनमा

वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । एमबीबीएस, बीडीएस र पीजी गरिरहेका ६ सय बढी विद्यार्थी तथा इन्टर्न गरिरहेका चिकित्सकहरु कलेजविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । विभिन्न बहानामा विद्यार्थीहरुसँग मनोमानी रुपमा रकम असुली बन्द गर्नुपर्नेे, होस्टल मै बस्नुपर्ने बाध्यात्मक अवस्था हटाउनुपर्ने, अनिवार्य इन्टरनेट जडान गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, अवासीय चिकित्सकहरुको पारिश्रमिक  वृद्धि गर्नुपर्ने, फिल्ड भिजिट सीएचडीएफपी, एफएचई, एचएसएममा ग्रामिण भेगमा लैजानुपर्नेे, टियूले निर्धारण गरेको नियम लागु गर्नुपर्ने लगायतको माग गर्दै आन्दोलनमा उत्रिएका एमबीबीएस अध्ययनरत धनबहादुर तमाङले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पटक पटक कलेज प्रशासनलाई मागहरु राख्दै आउँदा पनि बेवास्ता गरेकाले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाएपनि यस सम्बन्धमा कलेज प्रशासनले नै सुनवाई गर्नुपर्ने भन्दै पठाईदिएकाले बाध्य भएर ओपिडि बन्द गरेर आन्दोलनमा उत्रिएको आन्दोलनरत विद्यार्थीहरु बताउँछन् ।  

Extreme Energy

चिकित्सक जस्तो संवेदनशील पेशाका विद्यार्थीहरुले दुषित तथा गुणस्तरहिन खाना खान बाध्य हुनुनपरोस् र आर्थिक अवस्था कमजोर भएकाले कोठा लिएर भएपनि पढ्न पाउन सक्नुपर्ने भन्दै आन्दोलन गर्नुपरेको विद्यार्थीहरुको भनाई छ । 

कलेजले सरकारले निर्धारण गरेको रकममा अध्यापन गराउनुपर्नेमा विभिन्न नाममा जथाभाबी शुल्क उठाइएकाले विद्यार्थी पढ्न नसक्ने अवस्थामा पुगेका छन्’, आन्दोलनरत विद्यार्थी सुनिल यादव भन्छन् ।  

यस कलेजमा विभिन्न माग राख्दै विद्यार्थीहरुले पटक–पटक आन्दोलन गर्ने, सहमति गर्ने र ति सहमतिहरु कार्यान्वयन नभएपछि फेरि आन्दोलन गर्ने क्रम चलिरहेको छ । मेडिकल कलेज पढाउने नाउँमा विभिन्न बहाना बनाई ठगी धन्दा गर्ने गरेको विद्यार्थीहरुको आरोप छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...

भर्खरै