नेभिगेशन
समाज

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङ । बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । नदीकिनारको जैमिनी र बागलुङ नगरपालिकाका घर तथा व्यवसाय बाढी तथा पहिरोको उच्च जोखिममा परेकाले सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागलुङ नगरपालिकाका १११ घर तथा व्यवसाय र जैमिनी नगरपालिकाका २९ परिवारलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । बागलुङ नगरपालिकाको निरयघाट, माझीबस्ती, मालढुङ्गा, ढोडेनी, दब्ल्याङ, कालाखोला, भाटेखोला, तैवे, नयाँपुल, देवलवगर र वोर उच्च जोखिममा रहेको छ । 

Ncell
Extreme Energy

प्रशासनले वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदीकिनारमा कटानको जोखिम बढ्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो । 

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जैमिनी नगरपालिकाको जैमिनीघाट, बेलबगर र बाँजाखेतका २९ परिवारका २९० जना जोखिममा रहेको बताए । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा गण्डकी प्रदेशका केही स्थानमा यही असोज ११ गतेसम्म अतिभारीदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ । 

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बाढी र पहिरो चट्याङ र हुरीबतासबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ । उहाँले आज बागलुङ नगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय गरिएको भन्दै अतिआवश्यक नपरे घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।