नेभिगेशन
सबै कुरा

बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको निधन

चितवन । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा उनको निधन भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका थिए ।

नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धान दिवसको दिन राष्ट्रपति भवन शीतल निवासमा रोपाईँ

धान दिवसको दिन राष्ट्रपति भवन शीतल निवासमा रोपाईँ

आइतबार राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए ।
बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रधानमन्त्री ओली मेड्रिडमा

प्रधानमन्त्री ओली मेड्रिडमा

विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिडमा पुगेका छन् ।
आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।