नेभिगेशन
सबै कुरा

देशका विभिन्न स्थानमा हिमपात र वर्षा (फोटो फिचर)

काठमाडाैँ । देशका विभिन्न क्षेत्रमा बुधबारदेखि हिमपात भएको छ । हिमाली जिल्ला हुम्ला, जुम्ला, म्याग्दी, मुस्ताङ, रुकुम पूर्व लगायतका जिल्लामा हिउँ परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जुम्लामा बिहिबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिए। 

Ncell
Extreme Energy

जिल्लामा यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान यो हिउँले निकै राहत भएको बताउँछन् । 

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषक गोपाल रोकायाको बताउँछन् । त्यस्तै हिउँ परसँगै जुम्लालगायत माथिल्लो कर्णालीमा हवाई सेवा अवरुद्ध भएको छ । 

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ

म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन टोली हिउँले ढाकेको पदमार्ग छिचोलेर रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेतर्फ जाँदै

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट बिहीबार बिहान देखिएको दादिङ्को डाँडामा परेकाे हिउँ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै