नेभिगेशन
सबै कुरा

देशका विभिन्न स्थानमा हिमपात र वर्षा (फोटो फिचर)

काठमाडाैँ । देशका विभिन्न क्षेत्रमा बुधबारदेखि हिमपात भएको छ । हिमाली जिल्ला हुम्ला, जुम्ला, म्याग्दी, मुस्ताङ, रुकुम पूर्व लगायतका जिल्लामा हिउँ परेको हो । 

जुम्लामा बिहिबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिए। 

Global Ime Bank

जिल्लामा यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान यो हिउँले निकै राहत भएको बताउँछन् । 

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषक गोपाल रोकायाको बताउँछन् । त्यस्तै हिउँ परसँगै जुम्लालगायत माथिल्लो कर्णालीमा हवाई सेवा अवरुद्ध भएको छ । 

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ

म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन टोली हिउँले ढाकेको पदमार्ग छिचोलेर रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेतर्फ जाँदै

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट बिहीबार बिहान देखिएको दादिङ्को डाँडामा परेकाे हिउँ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री ओली मेड्रिडमा

प्रधानमन्त्री ओली मेड्रिडमा

विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिडमा पुगेका छन् ।
आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

आज र भाेली यी १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।
राष्ट्रिय धान दिवसः खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै (तस्बिरहरु)

राष्ट्रिय धान दिवसः खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत हुँदै (तस्बिरहरु)

आज असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।
धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

धान रोपाइँमा कृषि मन्त्री रामनाथ अधिकारी (तस्बिरहरू)

आज असार १५ गते २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।