नेभिगेशन
समाज

कालीगण्डकी नदीको बहाव हेर्न जाँदा...

बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालीगण्डकी नदीको बहाव पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

Ncell
Extreme Energy

यसैबीच बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।  शनिबार एक जनाको मृत्यु भएको थियो ।

प्रहरी प्रमुख प्रसाईकाअनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात सेवा प्रभावित

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात सेवा प्रभावित

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान  माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

स्ट्रेट अफ होर्मुज खोल्न इरानले अघि सारेको प्रस्ताव ट्रम्पले गरे अस्वीकार, इरानको कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज सात दिनभित्र खोल्न इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेका छन् । इरानले यसमा कडा प्रतिक्रिया जनाएको छ ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।