नेभिगेशन
नेताका कुरा

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

काठमाडौँ । विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी सांसदहरुले सुरक्षा थ्रेटको बहानामा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।

Ncell
Extreme Energy

बैठकमा नेकपा सांसद युवराज दुलालले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने मुख्य जिम्मेवारीबाट सरकारको ध्यान अन्यत्र मोडिएको बताए । उनले मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विना पक्राउ पुर्जी र विना कारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त र नयाँ ‘स्टन्ट’ देखाएको आरोप लगाए । 

उनले पूर्वप्रधानन्यायाधीशलाई जेनजीबाट सुरक्षा थ्रेट रहेको भनिएको सन्दर्भमा ‘पक्राउ सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि हुनेलाई ?’ भन्दै प्रश्न गरे । 
त्यस्तै एमाले सांसद ऐन महरले मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई अपहरण तथा गुण्डागर्दी शैलीमा बिना कसुर र बिना अभियोग पक्राउ गरी सरकारले ‘राज्य आतंक’ देखाएको आरोप लगाए । कानुन मिच्ने जोकोहीलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्न सक्ने भए पनि सरकारले पूर्वाग्रह र विरोधका आधारमा नागरिकलाई तर्साउने, धम्क्याउने र हुर्मत लिने काम गरेको उनको भनाइ थियो । 

उनले सरकारले जेनजीको काँधमा टेकेर सत्ता चलाउने तर अहिले तिनै जेनजीलाई बदनाम गर्न सुरक्षा थ्रेटको आरोप लगाउने काम गरेको भन्दै, थ्रेट दिने वास्तविक व्यक्तिहरू भए तिनलाई सार्वजनिक गरी कारबाही गर्न माग गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
संसदीय समितिले भन्यो– चाडपर्व आउनै लाग्यो, आवागमन सहज बनाऊ

संसदीय समितिले भन्यो– चाडपर्व आउनै लाग्यो, आवागमन सहज बनाऊ

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।