नेभिगेशन
समाज

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई धन्यवाद दिएकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचेतक धितालले भनिन्– ‘ प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा बहुपक्षीयताको विषय उठाउनु भएको छ । युद्ध र प्रतिस्पर्धामा ठूला देशहरु व्यस्त हुँदै गर्दा साना राष्ट्रहरु मारमा परेका छन् । ती साना देशहरुको न्यायोचित आवाज सुनिन सक्नुपर्छ भन्ने बारे नेपालले सार्थक बहसका लागि प्रस्ताव राखेको छ । विश्वसामु नेपालको गरिमा अझ बढाइदिनु भएकोमा प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू र नेपाली प्रतिनिधिमण्डलमा धन्यवाद ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सरकारले पूर्वतयारी र सावधानी अपनाएका कारण पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नपाएको बताइन् । 

उनले भनिन्– ‘हुन त बाढीले गाउँ नै बगाएको छ, डुबाएको छ । तर जनधनको सकभर क्षति हुन नदिन सरकारी प्रशासनले समयमै अपनाएको सावधानीका लागि धन्यवाद दिन चाहन्छु । यसअघि बाढी जाँदा धेरैको ज्यान गएको, धेरै हराइरहेको समाचार सुन्थ्यौं । तर, पूर्वतयारी र सावधानी अपनाएका कारण क्षति ठूलो हुन पाएन । सरकार, कर्मचारी युनिट, सुरक्षाकर्मी सबैमा आभार । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
संसदीय समितिले भन्यो– चाडपर्व आउनै लाग्यो, आवागमन सहज बनाऊ

संसदीय समितिले भन्यो– चाडपर्व आउनै लाग्यो, आवागमन सहज बनाऊ

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।