नेभिगेशन
समाज

भोटेकोशी–त्रिशूली बाढीबाट विद्युत् क्षेत्रमा ७४ अर्बको क्षतिको प्रारम्भिक अनुमान

काठमाडौँ। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा क्षति पुर्‍याउनुका साथै विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुगेपछि ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीबाट प्राधिकरण र उसका सहायक कम्पनीको करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले बताएको छ।

Ncell
Extreme Energy

यसैबीच असोज ९ गतेदेखि परेको अविरल वर्षातबाट पनि विभिन्न विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको प्राधिकरणको भनाइ छ। बाढीका कारण आकस्मिक रूपमा बन्द भएका केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा आइसकेका छन् भने प्रसारण टावरमा क्षति पुगेका कारण अवरुद्ध केन्द्र सञ्चालनमा आउन केही समय लाग्ने प्राधिकरणले बताएको छ।

वर्षा रोकिएसँगै अधिकांश क्षेत्रमा वितरण प्रणाली सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा पनि विद्युत् लाइन सुचारु गर्न प्राविधिक टोली कार्यक्षेत्रमा खटिएको प्राधिकरणले बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोका कारण जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति मर्मत गरी विद्युत् आपूर्ति व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम तीव्र पारेको छ।
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको उक्त भेटमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा...
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास जारी

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए । केहि स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै...