नेभिगेशन
समाज

फर्किन थाले मनाङ पुगेका पर्यटक

लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन्।

Ncell
Extreme Energy

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो एक सातामा २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्। फर्किनेमा १५१ पुरुष र ९५ महिला छन्। असोज ६ देखि १२ गतेसम्म उक्त सङ्ख्यामा पर्यटक फर्किएका हुन्।

केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० जनासम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए। पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको छ। अहिले दैनिक एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश लमजुङतर्फ फर्किन थालेका छन्।

“केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए। अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्,” इन्चार्ज गुरुङले भने।

मौसममा आएको खराबी, निरन्तरको वर्षा तथा पदमार्गमा बढेको जोखिमका कारण थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले बीचबाटै यात्रा छोट्याउन थालेका हुन्।

लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जाने प्रमुख पदयात्रा मार्ग हो। यस पदमार्गको उच्चतम बिन्दु ५ हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ हो।

प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिएको यस पदमार्गमा विदेशी पर्यटकको आकर्षण रहँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

मंगलबार देशभर आंशिक बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।