नेभिगेशन
समाज

वर्षाका कारण खेल रद्द, नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण सुरु हुन सकेन। लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

Ncell
Extreme Energy

प्रतियोगिताको नियमअनुसार क्वार्टरफाइनल खेल वर्षाका कारण हुन नसकेमा पुनः खेल गराउने व्यवस्था छैन। यस्तो अवस्थामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता घोषणा गरी सेमिफाइनलमा प्रवेश गराउने प्रावधान छ।

नेपाल र श्रीलङ्काबीचको खेल पनि यही नियमअनुसार रद्द भएपछि वरियतामा माथि रहेको श्रीलङ्का स्वतः सेमिफाइनलमा पुगेको हो। हालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा श्रीलङ्का नवौँ र नेपाल १४औँ स्थानमा छन्।

यससँगै नेपालले क्वार्टरफाइनलको खेल नै खेल्न नपाई प्रतियोगिताबाट बाहिरिनुपरेको छ।

नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो।

समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा जापानसँग अङ्क बाँड्नु परेपछि नेपाल समूहबाट क्वार्टरफाइनलमा पुगेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

मंगलबार देशभर आंशिक बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।