नेभिगेशन
समाज

फूलखेतीबाट आत्मनिर्भर बन्दै धनगढीकी सुशीला

धनगढी । धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बन्नुका साथै राम्रो आम्दानी गर्न थालेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको फूलखेतीसम्बन्धी तालिम लिएपछि सुशीलाले तीन वर्षअघि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी हुन्। न्यू बण्डोली नर्सरी कन्सर्न फार्ममार्फत फूलखेती गर्दै आएकी उनले रु पाँच लाख लगानीबाट सुरु गरेको व्यवसायमा अहिले रु ५० लाख लगानी पुगेको छ।

Ncell
Extreme Energy

दुई बिघा जमिन लिजमा लिएर फूलखेती गर्दै आएकी सुशीलाले वार्षिक रु ५० लाख बराबरको कारोबार हुने गरेको बताइन्। फूलका बिरुवा हुर्काउने, गोडमेल गर्ने र हेरचाह गर्ने काममा उनले ११ जना स्थानीयलाई रोजगारीसमेत दिएकी छन्। उनीहरूको पारिश्रमिकमा मासिक रु एक लाख ८० हजार खर्च हुने गरेको छ।

सबै खर्च कटाएर वार्षिक करिब रु २० लाख बचत हुने गरेको सुशीलाले बताइन्। “दश जना परिवारको सम्पूर्ण खर्च यही व्यवसायबाट धान्दै आएकी छु,” उनले भनिन्, “फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि आर्थिक अवस्था सुधार भएको छ र आत्मनिर्भर बनेकी छु।”

प्रतिलिटर होइन, प्रतिकिलोग्राम रु चार सयसम्ममा फूल बिक्री गर्दै आएकी सुशीलाले कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका नौवटै जिल्लामा फूल बिक्री गर्दै आएकी छन्। मागअनुसार कहिलेकाहीँ काठमाडौंमा समेत फूल पठाउने गरेको उनले बताइन्।

हाल उनले धनगढी उपमहानगरपालिकाको परिसरमा बिक्री केन्द्र राखेर फूल, माला, बुके, गुच्छालगायत फूलजन्य सामग्री बिक्री गर्दै आएकी छन्।

उनको फार्ममा सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातका फूल उत्पादन हुँदै आएका छन्। फूलसँगै उनले फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्ने गरेकी छन्।

पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै गएको सुशीलाले बताइन्। उनले उत्पादन गरेका फूल विवाह, व्रतबन्ध, औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयका कार्यक्रम तथा अन्य शुभकार्यमा प्रयोग हुँदै आएका छन्।

सुशीलाले सुरु गरेको फूलखेतीले स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणा दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।