नेभिगेशन
समाज

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जबरालाई करिब १२ घण्टापछि छाडिएको उल्लेख गर्दै आचार्यले सुरक्षा खतरा के थियो, खतरा कसले दिएको थियो र त्यससम्बन्धी सूचना कहाँबाट आएको थियो भन्ने विषय सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन्।

Ncell
Extreme Energy

“सुरक्षा खतरा थियो भने खतरा दिने व्यक्ति वा समूहको पहिचान गरेर कारबाही गर्ने कि खतरा भोगिरहेको व्यक्तिलाई नै नियन्त्रणमा लिने?” उनले प्रश्न गरेका छन्।

आचार्यले १२ घण्टामै समाप्त हुने कस्तो सुरक्षा थ्रेट थियो भन्ने प्रश्नसमेत उठाएका छन्। उनले ‘सुरक्षा थ्रेट’ भन्ने दुई शब्दको पछाडि लुकेको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन्।

“सरकारले नागरिकलाई जवाफ दिनुपर्छ। ‘सुरक्षा थ्रेट’ भन्ने दुई शब्दको पर्दा पछाडि लुकेको वास्तविकता सार्वजनिक गर्ने हिम्मत सरकारसँग छ कि छैन?” उनले प्रश्न गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।