नेभिगेशन
समाज

यसरी खोलिँदैछ चामेमा थुनिएको मर्स्याङ्दी नदी

मनाङ। मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई तत्काल ब्लास्ट गरेर खोल्ने प्रयास सफल हुन नसकेपछि दुईवटा स्काभेटर प्रयोग गरेर निकास खोल्ने काम भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत आइतबार घट्टेखोलामा आएको पहिरोसहितको भेलबाढीले ढुंगा, गिट्टी, बालुवा र लेदो थुपार्दा मर्स्याङ्दी नदीको बहाव थुनिएको थियो।

Ncell
Extreme Energy

थुनिएको ठाउँबाट पानी निकास भइरहेकाले तत्काल तल्लो तटीय क्षेत्रमा जोखिम नरहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार नदी थुनिएर बनेको ताल करिब ४ सय मिटर लामो र ८० मिटर चौडा छ। ताल करिब २० फिटसम्म गहिरो रहेको अनुमान गरिएको छ।

ताल फुटाउन नेपाली सेनाको प्राविधिक ब्लास्ट टोली सोमबार नै चामे पुगेको थियो। तर ब्लास्ट गर्न आवश्यक ठूलो चट्टान फेला नपरेपछि तत्काल काम अघि बढ्न सकेन।

त्यसपछि दुईवटा स्काभेटर प्रयोग गरेर थुनिएको भाग खोतल्न थालिएको हो। ‘स्काभेटरले खोतलेर ढुंगा फेला पारेपछि फुटाउने तयारी भइरहेको छ,’ पौडेलले भने।

चामे सदरमुकामनजिकैबाट बग्ने घट्टेखोलामा २०७८ सालमा पनि भेलबाढी आएको थियो। त्यतिबेला भने मर्स्याङ्दी नदीको निकास थुनिएको थिएन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।