नेभिगेशन
समाज

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

काठमाडौं। लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार पश्चिमी वायुको प्रभावले बिहीबारदेखि घाम कम लाग्नेछ भने पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुन सक्नेछ।

Marvel
Extreme Energy

आइतबारदेखि भने मौसम थप बदली भई घटस्थापनासम्म झरी र चिसो मौसम रहने सम्भावना रहेको पोखरेलले बताएका छन्।

उनले आगामी साताको वर्षाको अवस्था र माथिल्लो वायुमण्डलमा विकसित हुने ‘कटअफ लो’का कारण नेपालमा वर्षासँगै औसतभन्दा चिसो मौसम हुन सक्ने बताएका हुन्।

लामो वर्षापछि फेरि वर्षाको सम्भावना देखिएपछि मौसमविद्हरूले आगामी दिनको मौसममा पनि ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज