नेभिगेशन
समाज

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी । गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारले मृतकका परिवारलाई किरिया खर्चबापत थप रु २५ हजार दिने भएको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए।

Marvel
Extreme Energy

बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णयसमेत गरेको उनले बताए।

बाढीपहिरोका कारण गण्डकी प्रदेशका बागलुङ, म्याग्दीलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज