नेभिगेशन
समाज

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

काठमाडौं। झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का ती परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

Marvel
Extreme Energy

समितिका अनुसार लालपुर्जा पाउने परिवारहरू २०४७ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि जग्गाको स्वामित्वविहीन रहेका उनीहरू पुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।

समितिले वितरण गरेको जग्गामध्ये केही आवास र केही कृषि प्रयोजनका लागि रहेको जनाएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यअनुसार लालपुर्जा वितरणलाई अघि बढाइएको समितिले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज