नेभिगेशन
समाज

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ डेट’ मानेर त्यसअघिका आन्तरिक विवादलाई टुंग्याइएको बताए।

Ncell
Extreme Energy

‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन। केन्द्रीय कमिटीको बैठकलाई हामीले कटअफ डेट मानेका छौँ। अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ,’ उनले भने।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीका तत्कालका दुई प्रमुख कार्यभारका रूपमा संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षा र आगामी निर्वाचनको तयारीलाई अघि सारेको छ। त्यसका लागि १५ वटा प्रमुख कामसमेत तय गरिएको छ।

ओलीले पार्टीका लागि अहिलेको मुख्य गन्तव्य लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी रहेको बताए। जनसंगठनहरूलाई पुनर्गठन गरेर निर्वाचनमा केन्द्रित हुने उनको भनाइ थियो।

‘दुई कार्यभारमध्ये कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ। निर्वाचनमा फोकस हुन्छौँ र जित्छौँ। जनसंगठनहरू डिफङ्क्ट छन्। अब रिअर्गनाइज हुन्छ,’ उनले भने।

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।

‘हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौँ। यो चुनावको तयारीको बेला हो। कोराकोर, हानहान गर्ने होइन,’ उनले भने।

ओलीले नेता–कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर संगठन निर्माणमा लाग्न निर्देशन दिए। देशलाई पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंश र आतंक निम्त्याउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

उनले मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको आरोपसमेत लगाए। गत वर्ष भदौ २३ र २४ गते भएका घटना, राष्ट्रिय सम्पत्ति, सिंहदरबार तथा व्यक्तिका घरमा भएको आगजनी र त्यसपछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै ओलीले गैरसंवैधानिक कदमका कारण देश संकटमा परेको बताए।

‘एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ,’ उनले भने।

फागुनको निर्वाचनमा पार्टीले भोगेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंश र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको ओलीको दाबी थियो। अब पार्टीले सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

विरोधीहरूले फैलाएका भ्रम चिर्न तथ्य, तर्क र प्रमाणमा आधारित डिजिटल अभियान सञ्चालन गरिने पनि ओलीले जानकारी दिए।

अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी भएको उनको भनाइ थियो। ‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ, तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन,’ उनले भने।

राजधानी वा सुविधाजनक ठाउँमा बसेर जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी पूरा नहुने भन्दै ओलीले नेताहरूलाई कार्यक्षेत्रमै खटिन निर्देशन दिए। उनले नेता–कार्यकर्ताको मूल्यांकन ज्येष्ठताका आधारमा नभई काम र श्रेष्ठताका आधारमा गरिने बताए।

‘आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै छ, त्यसैले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्,’ उनले भने।

ओलीले केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेख निर्माण र संगठन सुदृढीकरणको काम यही महिनाभित्र सम्पन्न गर्न तथा नयाँ सदस्यता वितरणलाई तीव्रता दिन निर्देशन दिए।

पार्टी केन्द्रीय कार्यालयबाट भएको भर्चुअल सम्बोधनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायत नेता सहभागी थिए। कार्यक्रमको सञ्चालन महासचिव पोखरेलले गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।