नेभिगेशन
समाज

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

काठमाडौं । विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला छन्। सोमबार राति तास खेलिरहेको स्थानबाट पक्राउ परेका कोइराला मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा अचेत अवस्थामा भेटिएका थिए।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरी पुगेपछि भएको भागाभागका क्रममा कोइराला सामान्य घाइते भएका थिए। पक्राउपछि उनको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य देखिएको थियो।

कोइरालासहित आठ जनालाई प्रहरीले सोमबार राति विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरबाट नियन्त्रणमा लिएको थियो। उनीहरूलाई हिरासतमा राखिएको थियो।

मंगलबार बिहान कोइराला अचेत अवस्थामा भेटिएपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नोबेल शिक्षण अस्पताल लगिएको थियो। नोबेलमा बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोइरालाको यसअघि शल्यक्रिया भएको थियो। यद्यपि उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोमबार राति करिब साढे ११ बजे गस्तीमा रहेको प्रहरी टोली सरोचियास्थित पासवानको घरमा पुगेपछि तास खेलिरहेका व्यक्तिहरू भाग्न थालेका थिए।

भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलामाथिबाट हामफालेका थिए। उनको दाहिने खुट्टा भाँचिएको छ। एम्बुलेन्स चालक रहेका मुखियाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो।

उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।