नेभिगेशन
सबै कुरा

काठमाडौं महानगर भित्रका सबै पेट्रोल पम्पमा अब पहेलो रङ्ग लगाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै पेट्रोल पम्पमा पहेलो रङ्ग लगाउने भएको छ । बुधबार महानगरपालिकाले पम्पहरुको व्यवस्थापनबारे गरेको सरोकारवालाहरुको छलफल पछि यस्तो निर्णय भएको महानगरपालिकाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पम्प पहिचानका लागि पहेंलो रङ्ग लगाउने, पम्पमा सेवाग्राहीका लागि निशुल्क शौचालय उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ । 

Ncell
Extreme Energy

यस्तै, पेट्रोल पम्पमा काम गर्नेहरुका लागि अनिवार्य खैरो रङ्गको पीपीइ  लगाउने व्यवस्था गर्ने निर्णय पनि महानगरले गरेको छ । पम्पभित्र हरियाली कायम गर्ने र पम्पका कार्यरतहरुलाई महानगरले निशुल्क अग्नि नियन्त्रणको तालिम दिने पनि महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । छलफलमा नेपाल आयल निगम, नगर प्रहरी, नेपाली सेनाको पम्पका प्रतिनिधि लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै