नेभिगेशन
समाज

बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी विरुद्ध बैंकिङ कसुर मुद्दामा चितवन जिल्ला अदालत, भरतपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

दिल्ली उच्च अदालतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यता (डिग्री) सम्बन्धी जानकारी मागिएका पुनरावेदनमाथिको सुनुवाइ आगामी डिसेम्बरसम्मका लागि स्थगित गरेको छ।
मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ पर्यटक मनाङमै रोकिएका छन्।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।