नेभिगेशन
समाज

भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

गुजरात उच्च अदालतले निवेदन नै खारेज गर्‍यो

नयाँदिल्ली । दिल्ली उच्च अदालतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यता (डिग्री) सम्बन्धी जानकारी मागिएका पुनरावेदनमाथिको सुनुवाइ आगामी डिसेम्बरसम्मका लागि स्थगित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानुनी समाचार वेबसाइट 'बार एन्ड बेन्च'का अनुसार यी मुद्दाहरू मुख्य न्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस करियाको इजलासमा पेस गरिएका थिए । यद्यपि, समय अभावका कारण यिनमाथि सुनुवाइ हुन सकेन । तीन महिनाका लागि मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । 

Ncell
Extreme Energy

यसैगरी गुजरात उच्च अदालतले मंगलबार प्रधानमन्त्री मोदीको शैक्षिक डिग्रीसँग जोडिएको एउटा पुनरावेदन खारेज गरिदिएको छ ।

कानुनी मामिलासम्बन्धी वेबसाइट 'लाइभ ल'का अनुसार, आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दायर गरेको पुनरावेदन अदालतले खारेज गरेको हो । केजरीवालले गुजरात विश्वविद्यालयलाई प्रधानमन्त्री मोदीको डिग्रीबारे जानकारी दिन दिइएको निर्देशन रद्द गर्ने निर्णयविरुद्ध चुनौती दिएका थिए ।

गुजरात उच्च अदालतका मुख्य न्यायाधीश सुनिता अग्रवाल र न्यायाधीश डीएन रेको संयुक्त इजलासले एकल इजलासको अघिल्लो आदेशलाई नै सदर गरेको हो । इजलासले केन्द्रीय सूचना आयोग (सीआईसी) को २०१६ को निर्देशन रद्ध गर्ने र केजरीवालमाथि २५ हजार रुपैयाँ जरिवाना लगाउने निर्णयमा हस्तक्षेप गर्नुपर्ने कुनै आधार नभेटिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।
ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले ल्यायो नयाँ एआई असिस्टेन्ट 'डट्स'

ओपनएआईले मङ्गलबार 'डट्स' (dots) नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) असिस्टेन्ट सार्वजनिक गरेको छ ।
मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

मनाङमै अड्किए पर्यटक, सडक कटानले आवतजावत ठप्प

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि अविरल वर्षा र बाढीपहिरोका कारण सयौँ पर्यटक मनाङमै रोकिएका छन्।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।