नेभिगेशन
समाज

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृहमन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । 

Ncell
Extreme Energy

विपद्मा परी सात जनाको ज्यान गएको छ । यस्तै, दुई जना बेपत्ता भएका छन् ।  सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेकाले म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए ।  

यसैगरी, म्याग्दीमा बाढी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गर्न मङ्गलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै छ वटै पालिकामा क्षति विवरण सङ्कलन कार्य सुरु भएको जानकारी दिए । उनकाअनुसार हालसम्म प्राप्त विवरणअनुसार बाढी पहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एक घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ । बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ । 

बेनीमा २३, रघुगङ्गामा ४७, मङ्गलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर जोखिममा परेका छन् । बेनीमा २१, रघुगङ्गामा २६, मङ्गलामा आठ, अन्नपूर्णमा एक वटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको विवरण सङ्कलन भएको छ । 

पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङका १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ । 

विपद्पछि उद्धार कार्यमा ७० नेपाली सेना, २५१ नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । सदरमुकाम बाहेकका क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम बेनीमा खानेपानीको हाहाकार भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।
बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ...
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा लामाखेतवासी

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा लामाखेतवासी

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्ला केही दिनदेखि ढुक्कसँग सुत्न सकेकी छैनन्। कालीगण्डकी नदीमा आएको बाढीले घर डुबाएपछि अब घर...