नेभिगेशन
समाज

मन्त्री रावलले संघीय निजामती विधेयक आज संसदमा दर्ता गर्ने

काठमाडौँ । सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज संसदमा दर्ता गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज विधेयक प्रतिनिधि सभामा दर्ता गरिने बताइन् । 

Ncell
Extreme Energy

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विधेयकलाई संसदमा पेस गर्न स्वीकृत प्रदान गरेको थियो । 

प्रशासनिक संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण निजामती विधेयक संविधान बनेको ११ वर्षपछि सरकारले टुंग्याएर संसदमा लान लागेको हो । 

१३ चैतमा सामान्य प्रशासन मन्त्री बनेकी रावलले २७ दिनमै विधेयकको मस्यौदा तयार पारेर प्रक्रियामा पठाएकी थिइन् । कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोकसेवा आयोग, अन्य सरोकारवाला निकायको राय सुझाव र परामर्शपछि विधेयक मंगलबार क्याविनेटबाट स्वीकृत भएको हो ।

संसदमा आज विधेयक दर्ता भएपछि तत्कालै पारित हुने अवस्था छैन । किनकि असोज १६ देखि सदनको वर्खे अधिवेशन अन्त्य हुँदैछ । हिउँदे अधिवेशनमा मात्रै यो पारित भएर ऐनका रुपमा कार्यान्वयनमा आउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।
बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ...