नेभिगेशन
समाज

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

काठमाडौं। मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार वर्षा देशभर एकैपटक वा हरेक दिन सबै ठाउँमा हुने छैन। पूर्वी नेपालदेखि काठमाडौंसम्म वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी देखिएको छ भने पश्चिमी क्षेत्रमा कम सम्भावना छ।

Ncell
Extreme Energy

पोखरेलले किसानले वर्षाकै कारण धान काट्न रोक्नुपर्ने अवस्था नरहेको बताएका छन्। कुन दिन मौसम अनुकूल हुन सक्छ भन्ने बुझ्न सहज होस् भन्ने उद्देश्यले मात्र यो पूर्वानुमान सार्वजनिक गरिएको उनले स्पष्ट पारेका छन्।

उनका अनुसार यो चारवटा मौसम मोडेलको औसतमा आधारित छ दिनको दैनिक वर्षा पूर्वानुमान हो। नक्सामा तीन मिलिमिटरभन्दा कम वर्षा देखिएका क्षेत्रमा खासै पानी नपर्न सक्ने र चार मिलिमिटर वा त्यसभन्दा बढी देखिएमा वर्षाको सम्भावना रहेको बुझ्न सकिन्छ।

पोखरेलले आफ्नो जिल्ला र दिनअनुसार नक्सा हेरेर वर्षाको सम्भावना बुझ्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ...
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा लामाखेतवासी

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा लामाखेतवासी

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्ला केही दिनदेखि ढुक्कसँग सुत्न सकेकी छैनन्। कालीगण्डकी नदीमा आएको बाढीले घर डुबाएपछि अब घर...