नेभिगेशन
समाज

अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने, अन्तर मन्त्रालय सरुवा रोकिने

काठमाडौँ । सरकारले अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी प्रणाली विकास गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पारेको संघीय निजामती सेवा विधेयकमा सबै मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने प्रस्ताव गरिएको हो । 

Ncell
Extreme Energy

विधेयक आज संसदमा दर्ता हुँदैछ । 

हाल परराष्ट्र मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी छन् । उनीहरु अन्य मन्त्रालयमातहत सुरुवा हुँदैनन् । 

सरकारले अन्य मन्त्रालयमा पनि त्यही प्रणाली अपनाउन खोजेको हो । अहिले गृह मन्त्रालय र अर्थ मन्त्रालय लगायत मन्त्रालयहरुमा विशेषज्ञ कर्मचारी नहुँदा नेतृत्व क्षमतामा प्रश्न उठ्ने गरेको छ भने व्यवस्थापनको कमजाेरीले अप्रिय घटनाहरु हुने गरेका छन् । 

यसलाई मध्यनजर गरेर प्रभावकारी र पारदर्शी सेवावा प्रणाली विकास गर्न सरकार यो निर्णयमा पुगेको हो । 

मन्त्री रावलकाअनुुसार यसलाई विधेयकमा मन्त्रालयगत क्याडर प्रणाली विकास गर्ने भनेर राखिएको छ  ।  कुनै कर्मचारी सुरुमा जुन मन्त्रालयमा नियुक्ति हुन्छ, उसको सेवाको निरन्तरता त्यहीँ रहनेगरी यो व्यवस्था गरिँदैछ । यसको विस्तृत व्यवस्थान नियमावलीमा उल्लेख गरिन‍े विधेयकमा उल्लेख छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् ।
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।