नेभिगेशन
समाज

‘जलवायु न्यायसहितका मुद्दाहरू बलियोसँग उठायौँ’- परराष्ट्रमन्त्री खनाल

‘नेपालको कूटनीतिक छवि उच्च बनायो’

असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। उनले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको ८१औँ महासभाले नेपालको कूटनीतिक छविलाई उच्च बनाउने काम गरेको र नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको स्पष्ट पारे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासभाको बैठकमा सहभागिता जनाएर बुधबार नेपाल फर्किएका परराष्ट्रमन्त्री खनालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, ‘संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको क्रममा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले महासभामा गर्नुभएको सम्बोधन र मैले विभिन्न बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ भने अर्कोतर्फ नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको मैले पाएको छु।’ उनले विभिन्न ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ताहरूबाट ती मुलुकहरूसँग नेपालको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा प्रगति भएको पनि बताए। आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्द्धनमा ठोस योगदान पुर्‍याउन स्पष्ट आधारहरू तय भएको आफूले विश्वास लिएको उनले बताए ।

Ncell
Extreme Energy

‘जलवायु न्यायसहितका मुद्दाहरू बलियोसँग उठायौँ’

परराष्ट्रमन्त्री खनालले जलवायु न्यायसहितका मुद्दाहरू नेपालले विश्वसामु बलियोसँग उठाएको बताए। भोटेकोशीको विनाशकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा नेपालले महासभाका दौरान आफ्नो धारणा स्पष्ट र दरिलो रूपमा राखेको थियो। परराष्ट्रमन्त्री खनालले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधनका क्रममा जलवायु परिवर्तन तथा यसले नेपाल र नेपालजस्ता प्रभावित मुलुकहरूलाई पारेको असरका बारेमा स्पष्टसँग राखेकाे बताए । 
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले महासभामा सम्बोधन गर्नुभन्दा अघि पनि देशभित्र र बाहिर उत्तिकै चासो थियो। उहाँले सम्बोधन गरेपछि पनि त्यसप्रति विश्वको चासो रहेको स्पष्ट देखियो। अहिले राष्ट्रसंघमा यस पटक गरिएका सम्बोधनहरूमध्ये सबैभन्दा बढी हेरिनेमा पनि परेको छ।’

परराष्ट्रमन्त्री खनालले नेपालको अवस्था र जलवायु परिवर्तनले पारेको असरका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले सम्बोधनका क्रममा र आफूले अन्य विभिन्न फोरमहरू र भेटवार्तामा स्पष्टसँग धारणा राखेको बताए। उनले भने, ‘हामीले महासभामा सहभागिताका दौरान नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ।´

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

बैठकमा भाग लिन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। यस बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद् (Board of Governors) का गभर्नर डा. स्वर्णिम...
अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने, अन्तर मन्त्रालय सरुवा रोकिने

अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने, अन्तर मन्त्रालय सरुवा रोकिने

सरकारले अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी प्रणाली विकास गर्ने भएको छ ।

भर्खरै