नेभिगेशन
समाज

वरिष्ठ अधिवक्ताको मापदण्ड फेर्न प्रस्ताव

बाँके । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालत वरिष्ठ अधिवक्ता सिफारिस समितिद्वारा नेपालगञ्जमा आयोजित सुझाव सङ्कलन तथा अन्तरक्रियामा सहभागी कानुन व्यवसायीले उक्त सुझाव दिएका हुन् । 

Ncell
Extreme Energy

सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्दा विगतका मापदण्ड र अभ्यासमा देखिएका समस्या तथा गुनासोलाई सम्बोधन गर्ने गरी स्पष्ट, वस्तुनिष्ठ र व्यावसायिक मापदण्ड तय गर्नका लागी सुझाव सङ्कलन भइरहेको बताइन् ।  

उनले कानुन व्यवसायीको व्यावसायिक योगदान, दक्षता, आचरण, मूल्य–मान्यता र न्याय क्षेत्रमा पुर्याएको योगदानका आधारमा उपाधि प्रदान गर्ने उद्देश्यले जिल्लागत रूपमा कानुन व्यवसायीबाट प्रत्यक्ष सुझाव सङ्कलन गरिएको उल्लेख गरिन् ।  

अधिवक्ता वसन्त गौतमले व्यावसायिक मूल्यमान्यता कायम राख्दै गुणस्तरीय कानुनी सेवा प्रदान गर्न सक्ने, पदीय गरिमा जोगाउने र वकालतका साथै कानुन, न्याय तथा मानव अधिकारको क्षेत्रमा विशिष्ट अनुभव भएका कानुन व्यवसायीलाई पनि वरिष्ठ अधिवक्ताको प्राथमिकतामा राख्न सुझाव दिए । 

वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, सुनिलकुमार श्रेष्ठ, बार काउन्सिलका पार्षद अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली, उच्च बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठलगायतले वरिष्ठ अधिवक्ताको चयन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र थप परिष्कृत बनाउनुपर्ने सुझाव दिएका थिए । उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

नेपाली कांग्रेसको देउवा समूहले पनि समानान्तररुपमा छुट्टै १५औँ महाधिवेशनको तयारी सुरु गरेको छ ।
वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् ६ वटा कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
आज यी स्थानमा वर्षा हुने

आज यी स्थानमा वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।