नेभिगेशन
समाज

देउवा समूहको वडा अधिवेशन आजदेखि, देउवाले गरे अपिल

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले पनि समानान्तररुपमा छुट्टै १५औँ महाधिवेशनको तयारी सुरु गरेको छ । महाधिवेशनअन्तर्गत आजदेखि देशभरका वडाहरूमा एकैसाथ वडा अधिवेशन गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देउवा समूहका तर्फबाट निवर्तमान सभापति शेरबहादुर देउवाले एक अपील जारी गर्दै देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पुर्‍याएर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भई सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूमा अनुरोध गरेका छन् । 

Marvel
Extreme Energy

झन्डै आठ दशक लामो इतिहास बोकेको पार्टीका लागि यो महाधिवेशन निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सभापति देउवाले भनेका छन्, "हामीले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन पनि १५औँ महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ ।"  

साथै, देउवाले पार्टीभित्र रहेका आन्तरिक मतभेदहरूलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप सुदृढ र मजबुत बनाउने प्रणसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज