नेभिगेशन
समाज

फ्लाइदुबई विमान आक्रमण प्रकरण: भारतीय क्याप्टेन स्मितलाई ट्रम्प र मोदीद्वारा 'हिरो' को संज्ञा

नयाँदिल्ली । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको विमानमा को-पाइलटले चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेपछि गम्भीर घाइते अवस्थामा पनि विमान र यात्रुको ज्यान बचाउन सफल भारतीय क्याप्टेन स्मित मच्छरको विश्वभर प्रशंसा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले क्याप्टेन स्मित मच्छरको साहस र बहादुरीको प्रशंसा गर्दै उनलाई 'हिरो' (नायक) भनेका छन् ।

Marvel
Extreme Energy

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई ‘हैरान बनाउने कथा’ भन्दै यस विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोनमा कुराकानी भएको जानकारी गराएका छन् ।

ट्रम्पका अनुसार नेतन्याहूले घटनाबारे विवरण दिँदै विमानका को-पाइलट सम्भवतः आतंकवादी वा मानसिक सन्तुलन गुमाएको व्यक्ति हुन सक्ने र उनले विमान दुर्घटना गराउन खोजेको बताए । ट्रम्पले आक्रमणको सामना गर्दै विमानलाई नियन्त्रणमा लिन सफल भारतीय क्याप्टेन स्मित मच्छरको उच्च प्रशंसा गरे ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत क्याप्टेन मच्छरलाई ‘हिरो’ भन्दै उनको बहादुरीले ठूलो दुर्घटना टरेको बताएका छन् । मोदीले लेखेका छन्, 'सबैभन्दा ठूलो खतरा र गम्भीर चोटका बाबजुद उहाँले अरूको ज्यान बचाउन अतुलनीय साहस र बलियो हौसला देखाउनुभयो। उहाँको यो प्रयासबाट सयौँ यात्रुको ज्यान जोगिएको छ।'

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि क्याप्टेन मच्छर र विमानभित्र रहेका साहसी यात्रु तथा चालक दलका सदस्यहरूले अद्भुत साहस देखाएर ठूलो विपत्ति रोकेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

ककपिटभित्र के भएको थियो? 

दुबईबाट उडान भरेको करिब दुई घण्टापछि ककपिटभित्र रहेका को-पाइलटले क्याप्टेन स्मित मच्छरमाथि चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले को-पाइलटको प्रतिकार गर्दै ककपिटको ढोका खोलिदिएका थिए । लगत्तै चालक दलका अन्य सदस्य र साहसी यात्रुहरूले ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरबको उत्तर-पश्चिमी सहर ताबुकतर्फ मोडेर सुरक्षित आपतकालीन अवतरण गराइएको थियो ।

साउदी अरबस्थित भारतीय दूतावासका अनुसार घाइते क्याप्टेन स्मित मच्छरको ताबुक सहरस्थित अस्पतालमा उपचार भइरहेको छ । दूतावासले उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र साउदी अधिकारीहरूसँग निरन्तर समन्वय गरी उपचारमा आवश्यक सहयोग पुर्‍याइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज