नेभिगेशन
सबै कुरा

नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ । व्यक्तिगत गल्ती ढाकछोप गर्न वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको निर्देशनमा जनप्रतिनिधिहरु नै जनताको काम छोडेर प्रदर्शनमा उत्रेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई आफैँ बाबु बनेर नागरिकता बनाईदिएको विषय उजागर भएपछि वीरगंजमा उनको मुकुट उत्रदै गएको छ । चर्को आलोचना र प्रश्नको घेराबन्दीमा पार्न थालेपछि मेयर सिंहले यसलाई आफ्ना विरुद्ध विकास विरोधी तत्वहरु लागेको तर्क गर्न थालेका छन् । बिहिबार मेयरको यही तर्कलाई आत्मसाथ गर्दै सिंह निकट वडा अध्यक्षहरुले बिरोध प्रदर्शन गरेका हुन् । 

CG

वीरगंजको लालबङ्गलाबाट निकालिएको जुलुस नगरेको माईस्थान, महाविरस्थान, आदर्शनगर, लगायतको चोकमा परिक्रमा गर्दै ‘मेयरको चरित्र हत्या गर्न पाइँदैन’, ‘व्यक्तिगत आलोचना गर्न पाइँदैन’, ‘मेयरलाई कुर्सिबाट हटाउन पाइँदैन्’, ‘वीरगंजको शान राजेशमान’, ‘राजेशमान जिन्दावाद’, ‘अघि बढ राजेशमान जनता तिम्रो साथमा छ’, लगायतको नारा लगाएका थिए । 

मेयरले अह्वान गरेपछि जुलुसमा गयौँ : वडा अध्यक्षहरु

वडा कार्यालयको कामकाज छोडेर जसपाबाट निर्वाचित वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, वडा नम्बर ४ का अध्यक्ष नेपाली कांग्रेसका जगत साह कानु, वडा नम्बर ५ का अध्यक्ष एमालेका प्रदिप चौरसिया, वडा नम्बर ६ का लोसपाका जयप्रकाश साह, वडा नम्बर ७ का नेपाली कांग्रेसका हिराकाजी महर्जन, वडा नम्बर ८ का जसपाका रिजेश गुप्ता, वडा नम्बर १० का जसपाका सुशील गुप्ता, वडा नम्बर ११ का अध्यक्ष जसपाका अजय बरै, वडा नम्बर १२ का अध्यक्ष एमाले सुरेश गुप्ता, वडा नम्बर १३ का अध्यक्ष एमालेका हिरालाल गिरी, वडा नम्बर १४ का अध्यक्ष जसपाका महबुब एलाही अंसारी, वडा नम्बर १५ का जसपाकै रमेश यादव, वडा नम्बर १६ का अध्यक्ष जसपाका प्रशुराम चौरसिया, वडा नम्बर १७ का एमालेका संजीव क्षेत्री, वडा नमबर १८ का अध्यक्ष जसपाका उमा शंकर तिवारी, वडा नम्बर २१ का अध्यक्ष लोसपाका राधा कृष्ण साह, वडा नम्बर २३ का अध्यक्ष एमालेका अवधकिशोर कुशवाहा, वडा नम्बर २५ का अध्यक्ष जसपाका आशुतोश चतुर्वेदी, वडा नम्बर २६ का अध्यक्ष नेपाली कांग्रेसका शम्भु मिश्र, वडा नम्बर २९ का अध्यक्ष जसपाका धर्मेन्द्र महतो, वडा नम्बर ३० का अध्यक्ष जसपाका मनोज यादव, वडा नम्बर ३१ अध्यक्ष एमालेका जितेन्द्र यादव, र वडा नमबर ३२ का अध्यक्ष जसपाका रियाज अहमद मियाँको सहभागिता रहेको वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले जानकारी दिए । 


वीरगंज महानगरपालिका वडा नम्बर ४ नेपाली कांग्रेसका वडा अध्यक्ष जगत साह कानुले महानगरका मेयर राजेशमान सिंहले जुलुसको अह्वान गरेपछि आफू जुलुसमा गएको बताए । उनी भन्छन्, ‘मेयरको नागरिकता लगायतको विषयमा कानुनले दिएको सजाय अनुसार कार्वाही होला त्यसमा मलाई केहि भन्नु छैन् । हामीले विहान १० बजेदेखि ११ः३० बजेसम्म काम गरेर जुलुस प्रदर्शनमा गएका हौँ । ३ बजे हामी पुनः जनताको काम फर्कियौँ ।  

यस्तै वडा नम्बर ६ लोसपाका वडा अध्यक्ष जयप्रकास साहले भन्छन्, ‘मेयरको नागरिकताको विषय प्रशासनले छानविन गरिरहेकाले हामीलाई बोल्न मिल्दैन । जुलुसमा गएको हो, मेयरले गल्ती गरेको छ भने उनलाई कारबाही हुनुपर्छ ।’

यता वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार भने राजेशमानको विरोधमा बोल्नेको बिरुद्धमा आफूहरु उभिने बताउँछन् । ‘मेयरको बिरुद्धमा जो बोल्छ त्यसको विरोधमा हामी खडा हुन्छौँ । त्यसकै लागि विरोध गरिएको हो,’ उनले भने, ‘विकास बिरोधीलाई जवाफ फर्काउन आजको जुलुस निकालिएको हो ।’ राम्रो गर्न वीरगंजमा कसले रोक्यो भन्ने प्रश्नमा उनले मेयरको मान मर्दन व्यक्तिगत विषयलाई लिएर वीरगंजको छवि धुमल्याउनु गलत भएको र त्यसैको बिरोधका लागि जुलुस निकाल्नु परेको बताए । 


सो जुलुसमा प्याब्सनबाट जिल्ला अध्यक्ष पुरन प्रधान, नगर अध्यक्ष आलोक चौरसिया, उपाध्यक्ष सरोज चौधरी, सचिव राहुल श्रीवास्तव, नेशनल प्याबसन जिल्ला अध्यक्ष राम श्रेष्ठ, नगर अध्यक्ष जियालाल गुप्ता, निजि विद्यालय गौतम माविका सोनम लामा, जिवन ज्योती माविका शिव गुप्ता, कञ्चन जङ्गगा माविका मार्टिन मोक्तान, पिरामिड प्लसटुका विरेन्द्र यादव लगायत पनि थिए । 

सहभागी मध्येका एक नेपाल शिक्षक महासंघका नगर अध्यक्ष विनोद मेहतालाई शिक्षक भएर राजनीतिक र व्यक्ति विशेषको प्रदर्शनमा जानुको कारणबारे हामीले प्रश्न गर्यौँ । उनले आफू सहभागी हुनु गलत भएको स्वीकार गरे । र अन्य धेरै व्यक्तिहरु सहभागी भएकाले आफू पनि भएको टालटुले जवाफ दिए । 

नगर परिक्रमा पश्चात घण्टाघरमा पुगेर कोणसभा गर्दै जुलुसमा सहभागिहरुले सहायक प्रमुख जिल्ला अधिकारी सानु बाबु अधिकारीलाई वीरगंजलाई सुन्दर, सफा र वैभव वीरगंज बनाउन भइरहेको काम अझ बढी व्यवस्थित र सम्पन्न नगर होस भन्दै ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले मधेश युनिर्भसिटिका उपकुलपति, वीरगंज पब्लीक कलेजका प्रध्यापक, नागरिक समाजका अगुवा दिपक शाक्य, अभिशेक तिवारी, तेज प्रकाश निषद, रामबाबु पासवान, राजा प्रसाद यादव, अनुराग श्रेष्ठ, माधो राउत कुर्मी लगायतले गरेको हस्ताक्षर सहितको विज्ञप्ती बुझाएका हुन् ।   



मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...