नेभिगेशन
मुख्य समाचार
एमालेमा पुनर्गठन बहस

माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

काठमाडौं । नेकपा एमालेको पुनर्गठन कार्यदलले प्रारम्भिक मस्यौदा मार्फत् महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालको उदाहरण दिँदै पद त्याग गर्न भनेका छन् ।

२०६४ सालमा पार्टी तेस्रो बनेपछि तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताको आधारमा पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी पुनर्गठन सुझाव कार्यदलले प्रदेश, केन्द्रीय निकाय, विभाग, सम्पर्क–समन्वयलगायत १३ वटा तहगत कमिटीबाट सुझाव लिएर प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । महासचिव पोखरेलले संश्लेषण गरेको प्रतिवेदनमा भनिएको छ, ‘सरकारको काम र क्रियाकलापका कारणले आजको संकट उत्पन्न भएको हुँदा पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनु पर्दछ भन्ने मान्यता सुझावका क्रममा आएको छ । त्यसरी नै निर्वाचनमा भएको हार कुनै एक व्यक्तिको कारणले मात्र होइन । यसका लागि तलदेखि माथिसम्म सबैले भूमिकाअनुरूपको जिम्मा लिनुपर्दछ भन्ने मत पनि बलियो देखिन्छ । चुनौतीको समयमा नेतृत्वको विषयमा बहस गर्नु हुँदैन, सबै एक भएर चुनौतीको सामना गर्नुपर्दछ भन्ने मत पनि रहेको छ ।’

Ncell
Extreme Energy

महासचिव पोखरेलले निर्वाचनमा भएको गम्भीर पराजयपछि विगतमा हाम्रै पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताका आधारमा राजीनामा दिएको र अन्तर्राष्ट्रिय रूपमा पनि गम्भीर चुनावी हारपछि नैतिकताका आधारमा जिम्मेवारी बहन गर्ने गरेको कुरालाई आधार बनाएर नेतृत्वबाट अपेक्षा राखेको देखिन्छ भन्ने सन्दर्भ उल्लेख गरेका छन् । 

नेतृत्वका विषयमा उठेको विषयलाई समष्टिगत रूपमा पार्टीको हितलाई केन्द्रबिन्दुमा राखेर समाधान गरिनुपर्ने महासचिवको मत देखिन्छ । यस सन्दर्भमा वर्तमान पार्टी अध्यक्षका नेतृत्वमा विगतमा भएका राम्रा कामहरूको पुँजीकरणको विषयमा असर नपरोस् भन्ने कुरामा सचेत हुनु आवश्यक देखिने उनले बताएका छन् ।

प्रतिवेदनमार्फत महासचिव पोखरेलले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयलाई प्रमुखरूपमा उठाएका छन् । 

‘यतिबेला पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय महत्त्वपूर्ण एजेण्डा बनिसकेको छ । हुन त विगतमा पार्टीले युवाको बीचको पार्टी काम र संगठनमा आरक्षणको व्यवस्था लागू गरिसकेको अवस्था छ । त्यसले मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुने देखिँदैन,’ उनले भनेका छन् । 

पार्टीले तीन पुस्ताको संयोजनको नीतिलाई ठोस योजना बनाएर अघि बढाउनुपर्ने उनको ठहर छ । 

यसका लागि पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने प्रतिवद्धता प्रकट गर्नु आवश्यक रहेको उनले बताएका छन् ।

महासचिव पोखरेलले कार्यकाल र उमेर हदको पुनर्स्थापना पार्टी पुनर्गठनको विधिका रूपमा अघि सारेका छन् । 

‘२०४७ सालमा पार्टी भूमिगत राजनीतिबाट खुला हुँदाको समयमा पार्टीमा पुरानो पुस्ताको अभाव देखिन्थ्यो । त्यो अभावलाई समेत दृष्टिगत गरेर नै जननेता मदन भण्डारीको अग्रसरतामा माले मार्क्सवादी पार्टीका बीचमा पार्टी एकता गरेर नेकपा (एमाले) बनेको थियो । यतिबेला त्यसको ठीकविपरीत नयाँ पुस्ताको अभाव हाम्रो पार्टीको गम्भीर समस्या बन्न पुगेको छ,’ उनले भनेका छन् ।

अहिले कमिटीहरूमा उमेर हद र कार्यकालको व्यवस्थाले नयाँ पुस्तालाई आकर्षित गर्न सकिन्छ भन्ने मान्यता प्रवल बन्दै गएको उनले बताएका छन् । 

‘विधान संशोधन गरेर यससम्बन्धी व्यवस्थालाई पुनःस्थापित गर्नु आवश्यक छ,’ उनको भनाइ छ ।
।

त्यस्तै महासचिव पोखरेलले एमाले हुँदै नेकपा कालमा बहसको केन्द्रमा रहेको ‘एक व्यक्ति, एक पद’को व्यवस्थालाई पनि बोकेका छन् । अवसरहरूको न्यायोचित वितरणका लागि ‘एक व्यक्ति एक पद’ को आवश्यक छ भन्ने कार्यकर्ताको बुझाइ देखिने उनले बताएका छन् । 

‘एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी प्रधानमन्त्री, मन्त्री, सांसद वा स्थानीय तहको प्रमुख हुन नपाउने र समानुपातिक कोटामा एउटै व्यक्तिलाई दोहो¥याएर अवसर दिन नहुने मागलाई कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने देखिन्छ,’ उनले भनेका छन् ।

यो महासचिव पोखरेलले पार्टी पुनर्गठनको ढाँचाका रूपमा अघि सारेको प्रस्ताव हो । पोखरेलले यी कुरा समेटेको प्रतिवेदन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’लाई बुझाएका थिए ।

बादलले कार्यदलको बैठक बोलाएर निचोड निकाल्नुअगावै अध्यक्ष ओलीकहाँ पुर्‍याएको विषय अहिले चर्चामा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

पाल्पामा पहिरोले दुई जनाको मृत्यु, तीन बेपत्ता

जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।