नेभिगेशन
समाज

मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

काठमाडौँ । मौसमविद् विनोद पोखरेलले असोज १६ देखि २३ गतेसम्म देशभर ठूलो वा अति भारी वर्षाको सम्भावना नरहेको बताएका छन्। उनका अनुसार यस अवधिमा मुख्यतः हल्का वर्षा हुने देखिए पनि सबै ठाउँमा हरेक दिन पानी पर्ने छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चारवटा मौसम मोडेलको औसतमा आधारित पूर्वानुमानअनुसार असोज १६ र १७ गते धेरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। असोज १८ र १९ गते पूर्वी तथा मध्य नेपालका पहाडी क्षेत्रमा वर्षाको सम्भावना र मात्रा केही बढ्ने देखिएको पोखरेलले बताएका छन्।

Marvel
Extreme Energy

त्यसपछि असोज २० र २१ गते वर्षाको मुख्य क्षेत्र पश्चिमी नेपालको पहाडी तथा हिमाली भेगतर्फ सर्ने संकेत देखिएको उनको भनाइ छ। असोज २२ र २३ गते पनि पहाडी क्षेत्रमा हल्का वर्षा जारी रहन सक्ने पूर्वानुमान छ।

तराई क्षेत्रमा भने वर्षाको सम्भावना र मात्रा तुलनात्मक रूपमा कम देखिएको उनले बताएका छन्। अधिकांश स्थानमा वर्षा हल्कै हुने र एक–दुई स्थानमा मात्रै मध्यम वर्षा हुन सक्ने पोखरेलको विश्लेषण छ।
असोज १६ देखि २३ गतेसम्मको कुल वर्षा धेरै जिल्लामा करिब १५ देखि ४० मिलिमिटर र केही मध्यपहाडी जिल्लामा ४० देखि ६० मिलिमिटरसम्म हुन सक्ने पूर्वानुमान गरिएको छ। उनका अनुसार यो आठ दिनको कुल वर्षाको अनुमान हो, एकैपटक पर्ने वर्षाको मात्रा होइन।

पोखरेलले यो पूर्वानुमान विशेषगरी किसानलाई धान काट्ने उपयुक्त दिन छनोट गर्न सहज होस् भन्ने उद्देश्यले सार्वजनिक गरिएको बताएका छन्। उनका अनुसार किसानले धान काट्नै रोक्नुपर्ने अवस्था छैन। आफ्नो जिल्ला र दिनअनुसारको वर्षा पूर्वानुमान हेरेर कृषि कार्यको योजना बनाउन सकिन्छ।

उनले पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले पछिल्ला मौसम अपडेटलाई समेत ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज