नेभिगेशन
समाज

आज कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौँ । आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखकाअनुसार देशभर आंशिक बादल लागेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

Ncell
Extreme Energy

महाशाखाकाअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । 

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

देशका तराई भू-भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा तथा बागमती र  गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।
एमालेका मनोनीत केन्द्रीय सदस्यले आज सपथ लिँदै

एमालेका मनोनीत केन्द्रीय सदस्यले आज सपथ लिँदै

नेकपा (एमाले)का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सपथ ग्रहण गर्ने भएका छन् ।
मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् भन्छन्- असोज १६–२३ सम्म ठूलो वर्षाको संकेत छैन, किसानले धान काट्न सक्छन्

मौसमविद् विनोद पोखरेलले असोज १६ देखि २३ गतेसम्म देशभर ठूलो वा अति भारी वर्षाको सम्भावना नरहेको बताएका छन्। उनका अनुसार यस अवधिमा मुख्यतः हल्का वर्षा हुने देखिए पनि...
फ्लाइ दुबई उडान घटना:  आक्रमण गरेर दुर्घटना गराउन खोज्ने को पाइलटबारे नयाँ तथ्य सार्वजनिक

फ्लाइ दुबई उडान घटना:  आक्रमण गरेर दुर्घटना गराउन खोज्ने को पाइलटबारे नयाँ तथ्य सार्वजनिक

दुबईबाट इजरायलको तेल अविवतर्फ जाँदै गरेको उडानका क्रममा आफ्नै सह-पाइलटमाथि चक्कु प्रहार गरी विमान नियन्त्रणमा लिने प्रयास गर्ने व्यक्तिको ‘इस्लामी कट्टरपन्थी विचारबाट ब्रेनवाश’ गरिएको सङ्केत मिलेको इजरायलका प्रधानमन्त्री...