नेभिगेशन
समाज

कांग्रेस विवाद : देउवाको अधिवेशनमा जानेलाई संस्थापनले कारबाही गर्ने

काठमाडौँ । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षले पार्टीको नीति र अनुशासन विपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको आधिकारिक अधिवेशनभन्दा वाहिरका प्रक्रियामा सहभागी भए कारवाही गर्ने चेतावनी दिएको हो । 

Ncell
Extreme Energy

काँग्रेसका नाममा भएका अनाधिकारिक क्रियाकलाप भइरहेकोप्रति अनुशासन समितिले गम्भीर ध्यानाकषर्ण भइरहेको जनाएको छ । 

पार्टीका निवर्तमान सभापति शेरवहादुर देउवा पक्षको समानान्तर अधिवेशनलाइ लक्षित गरी अनुशासन समितिले पार्टी हित प्रतिकूलका अवाञ्छित गतिविधिमा लाग्नेहरूलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको हो।

अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीका पदाधिकारी, निर्वाचित प्रतिनिधिदेखि साधारण क्रियाशील सदस्यसम्म कसैलाई पनि अनुशासन उल्लङ्घन नगर्न कडा निर्देशन दिएका छन्। पार्टीका कतिपय पदाधिकारी, नेता तथा जनप्रतिनिधिहरु पार्टीकै नाममा पार्टी हितविपरीतका गतिविधिमा सक्रिय रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ।

कार्यवाहक संयोजक धमलाका अनुसार त्यस्ता गतिविधिहरूलाई समितिले अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको छ। पार्टीको मर्यादा र नीति विपरीत गतिविधि नरोकेमा समिति तत्काल कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन बाध्य हुने उनले चेतावनी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छः परराष्ट्रमन्त्री खनाल

जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छः परराष्ट्रमन्त्री खनाल

“नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा शून्य दशमलव १ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु सङ्कटका कारण नेपाली जनताले ज्यान र सम्पत्ति गुमाउनुपरेको छ । जलवायु सङ्कट सृजना गर्न...
निजामती सेवा विधेयकः कर्मचारीमा अब 'नो पोलिटिक्स', सामाजिक सन्जालमा टिप्पणी बन्देज

निजामती सेवा विधेयकः कर्मचारीमा अब 'नो पोलिटिक्स', सामाजिक सन्जालमा टिप्पणी बन्देज

समग्र सार्वजनिक प्रशासनलाई व्यवस्थित र नियमन गर्ने कानुन बनाउन तयार पारिएको यो विधेयक आफैंमा महत्वपूर्ण छ । नयाँ कानुन बन्नुपर्ने थियो, अब त्यसको ढोका खुलेको छ । नयाँ...
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ ।
नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

नेपालका बाढीपीडितका लागि मगर संघ अमेरिकाद्वारा ३० लाखभन्दा बढी आर्थिक सहयोग

अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।

भर्खरै