नेभिगेशन
समाज

गृहमन्त्री सुधन गुरुङद्वारा राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका विभिन्न मन्त्रालयका प्रश्नका उत्तर टेबल

काठमाडौँ । गृह मन्त्रालयसँग सम्बन्धित राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभामा टेबल गर्नुभएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर पनि गृहमन्त्री गुरुङले नै सभासमक्ष टेबल गरेका थिए ।

Ncell
Extreme Energy

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा मुस्लिम आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन् । 

त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा...
रास्वपा सचेतक परियारको प्रश्नः पाँच हजार मिटरको उचाइमा डोजर चलाएर राजमार्ग बनाउनु वैज्ञानिक छ ?

रास्वपा सचेतक परियारको प्रश्नः पाँच हजार मिटरको उचाइमा डोजर चलाएर राजमार्ग बनाउनु वैज्ञानिक छ ?

सचेतक परियारले भने, “हामीले बिर्सनु हुँदैन अव्यवस्थित डोजरे विकासका कारण अन्नपूर्ण सर्किट, कालिगण्डकी र जोमसोम-लोमान्थाङ जस्ता विश्वप्रसिद्ध पदमार्गहरूको मौलिकताको क्षयिकरण भइरहेको छ । जसका कारण पहिले २१ देखि...
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा उक्त आठ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा मनिक बज्राचार्य र राजन खतिवडाले...
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो ।

भर्खरै