नेभिगेशन
समाज

रास्वपा सचेतक परियारको प्रश्नः पाँच हजार मिटरको उचाइमा डोजर चलाएर राजमार्ग बनाउनु वैज्ञानिक छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले हिमाली क्षेत्रमा विकासका नाममा भइरहेको डोजर आतङ्कले हिमाली क्षेत्रको पर्यावरणीय सन्तुलत बिग्रिएको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा उनले हिमाली नागरिकका लागि सडक पूर्वाधार आवश्यक रहेकामा दुई मत नरहे पनि पर्यटनका नाममा घोषणा गरिएका राजमार्गको रेखाङ्न वैज्ञानिक नहुँदा र रैथाने सोचको संरक्षण हुन नसक्दा यसले ल्याउने दूरगामी असर खतरनाक हुने बताए । 

Ncell
Extreme Energy

सचेतक परियारले भने, “हामीले बिर्सनु हुँदैन अव्यवस्थित डोजरे विकासका कारण अन्नपूर्ण सर्किट, कालिगण्डकी र जोमसोम-लोमान्थाङ जस्ता विश्वप्रसिद्ध पदमार्गहरूको मौलिकताको क्षयिकरण भइरहेको छ । जसका कारण पहिले २१ देखि २८ दिनसम्म आनन्दले हिँड्ने पर्यटक आज धुवाँ र धुलोका कारण तीनदेखि पाँच दिनमै फर्कन बाध्य छन् ।” उनले हाम्रा हिमाली पदयात्रा, डोजरे विकास, पर्या-पर्यटन र रैथाने संवेदनशीलता जस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए । 

सरकारले एकातिर ‘पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ को अध्ययनका लागि बजेट छुट्याएको र अर्कातर्फ ‘ग्रेट हिमालयन ट्रेल’लाई रणनीतिक पर्यटन करिडोरका रूपमा स्तरोन्नति गर्ने घोषणा गरेको प्रसङ्ग उल्लेख गर्दै सचेतक परियारले विकासका लागि पर्यटन पूर्वाधार निर्माण र पर्यावरणीय महत्वबीच समन्वय हुनुपर्नेमा जोड दिए ।  

अमेरिकाको प्यासिफिक क्रेस्ट ट्रेल वा युरोपको टुर डे मोण्ट ब्लङ्क केवल प्राकृतिक पदमार्ग रहेको दृष्टान्त पेस गर्दै सचेतक परियारले नेपालको जिएजटी प्राकृतिक सौन्दर्य, आठ हजार मिटर अग्ला हिमाल र हजारौँ वर्ष पुरानो मानव सभ्यताको अद्वितीय उपहार संसारकै सर्वोच्च र साहसिक पदमार्ग रहेका सचेतक परियारले बताए । 

उनले भने, “यसले नेपाल आउने पदयात्रीको बसाइँ अवधि छोट्याएको र पर्यटकको खर्च घटेको छ । फलस्वरुपः साना तथा मझौला घरबास, होटल र यात्री केन्द्रित व्यवसायीहरूको रोजीरोटीसमेत खोसिएको छ ।” प्रस्तावित राजमार्ग पाँच हजार ४१६ मिटरको थोरङला पास, लार्के पास, गन्जाला पास र डोल्पाका संवेदनशील हिमाली खण्डहरूमाझ पर्ने बताउँदै, “के पाँच हजार मिटरको उचाइमा डोजर चलाएर राजमार्ग बनाउनु वैज्ञानिक छ ?”, उनले प्रश्न गरे । 

यसले भौगर्भिक वातावरण विनाश गर्नुका साथै पदयात्रा पर्यटन नै पलायन हुने हो कि भन्नेमा आफ्नो चिन्ता रहेको सचेतक परियारको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयले सडक खन्ने र पर्यटन विभागले पदमार्ग जोगाउन अध्ययन गर्ने जस्ता समन्वयहीन काम भइरहेकोतर्फ उहाँको ध्यानाकर्षण थियो । 

उनले भने, “संवेदनशील उच्च पास र निकुञ्जमा पदमार्ग भत्काउने काम बन्द गरियोस् । जहाँ सडक अपरिहार्य छ, त्यहाँ छुट्टै गैर-मोटरबाटो, वैकल्पिक पदमार्ग पर्यावरणमा आधारित सम्पदा मार्गको विकास अनिवार्य गरियोस् । सडक, पर्यटन र कृषिबीच संयुक्त कार्यदल गठन गरी काम थालियोस् ।”

सचेतक परियारले सन् २००० देखि २०२२ सम्मको ‘बेस लाइन जिपिएस’ डाटा प्रयोग गरी स्थानीय युवा, गाइड र समुदायको ‘सहभागीतामूलक अध्ययन टोली’ मार्फत पदमार्गको पुनः नक्साङ्कन गरी डिजिटल स्वामित्व स्थानीय तहलाई दिन पनि माग गरे । 
 
सचेतक परियारले भने, “हामीलाई सडक पनि चाहिन्छ र पदयात्रा पर्यटन पनि चाहिन्छ । तर ‘हिमाली पर्यटकीय राजमार्ग’ का नाममा सयौँ वर्ष पुरानो पर्यटनको चिहान नखनियोस् । डोजर चलाउनुअघि जिपिएस डाटाका आधारमा ‘रि-म्यापिङ’ गरियोस् ।”

उनले पर्यटन जोगाउने र मौलिकता पनि बाँच्ने मोडलको विकास गर्न सुझाउँदै भन्नभयो, “हामी जलवायु परिवर्तनको चपेटामा छौँ । यदि हिमाल, भूगोल र प्रकृतिको संवेदनशीलतालाई नबुझ्ने हो भने हामीले पर्यटक मात्र गुमाउने छैनौँ । महाविपत्ति पनि निम्त्याउने छौँ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्साका लालबाबु साह कानुले जिते करदाता प्रोत्साहनको १० लाख उपहार

पर्साका लालबाबु साह कानुले जिते करदाता प्रोत्साहनको १० लाख उपहार

नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा...
गृहमन्त्री सुधन गुरुङद्वारा राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका विभिन्न मन्त्रालयका प्रश्नका उत्तर टेबल

गृहमन्त्री सुधन गुरुङद्वारा राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका विभिन्न मन्त्रालयका प्रश्नका उत्तर टेबल

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक...
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा उक्त आठ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा मनिक बज्राचार्य र राजन खतिवडाले...

भर्खरै