नेभिगेशन
समाज

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको  बटेश्वर गाउँपालिका ३ र ४ (साविक बटेश्वर  गा.वि.स वडा नं १ देखी ९) का १८६ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय १८६ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

Ncell
Extreme Energy

उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले १८६ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्।

लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ।त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ।

यसअघि धनुषाका ४५५४ परिवारले लालपुर्जा पाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।