नेभिगेशन
समाज

सांसदहरूको भूमिका खोसेर र उपस्थितिको ‘टाउको’ मात्रै गनेर सदन बलियो हुँदैन: क्रान्तिशिखा धिताल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद्मा सांसदको उपस्थिति घटिरहेको विषयलाई सांसदलाई मात्रै दोष दिएर समाधान गर्न नसकिने बताएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद्मा सांसदहरू किन उपस्थित हुन चाहँदैनन् भन्ने विषयमा स्वयं संसद्ले समीक्षा गर्नुपर्ने उनको भनाइ छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दा विद्यार्थीलाई मात्रै दोष नदिएर विद्यालयको व्यवस्थापन, शिक्षकको भूमिका, शिक्षण शैली र वातावरणबारे प्रश्न गरिने उदाहरण दिइन्।

Ncell
Extreme Energy

‘एकैपटक धेरै विद्यार्थी गएल भए र भइरहे भने त्यसको दोष पनि विद्यार्थीलाई नै दिने हो?’ भन्दै उनले सांसदको अनुपस्थितिको कारण पनि सदनले खोज्नुपर्ने बताइन्।

उनले सचेतकलाई मात्र सांसद उपस्थित गराउने जिम्मेवारी दिएर समस्या समाधान नहुने बताउँदै सांसदहरूलाई सदनमा आउन, बोल्न र बहस गर्न प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्। ‘सांसदलाई भित्र आउनुस् भनेर आग्रह गर्दै उपस्थितिको टाउको गनेर मात्र संसद् बलियो हुँदैन,’ उनले भनिन्, ‘सांसदहरूलाई दलको आदेश र आवेगले कम र आफ्ना विचार र विवेकले बढी ओतप्रोत हुन दिने वातावरण हामीले कति दिएका छौँ, त्यसको मूल्यांकन गरौँ।’

धितालले सांसदहरूलाई अनौपचारिक वा अघोषित रूपमा के गर्न रोक लगाइएको छ र के बोल्न सिकाइएको छ भन्ने विषयमा पनि बहस गर्नुपर्ने बताइन्। सांसदहरूले आफ्नो भूमिका कति अर्थपूर्ण र आफूलाई कति स्वतन्त्र तथा सार्वभौम महसुस गरिरहेका छन् भन्ने प्रश्नसमेत उनले उठाइन्। ‘भूमिका खोसिएको ठाउँमा उपस्थिति मात्र खोजेर सदन जीवन्त हुँदैन,’ उनले भनिन्, ‘हामीले सदनलाई जीवन्त बनाउने निहुँमा सांसदलाई जिउँदो लासजस्तो त बनाइरहेका छैनौँ?’

संसद्लाई सरकारको प्रतिरक्षा वा आलोचना गर्ने थलोका रूपमा मात्रै सीमित गर्न नहुने उनको भनाइ छ। संसद्प्रति सरकार जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उनले सरकारको तर्फबाट संसद्लाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको बताइन्। ‘सांसद किन आएनन्?’ भन्ने प्रश्न पुरानो र दिक्कलाग्दो भइसकेको भन्दै धितालले संसद् सञ्चालनको परम्परागत पद्धति र सांसदको भूमिकाबारे गम्भीर छलफल गर्नुपर्ने बताइन्।

उनले मन्त्रालय र सचिवालय धाउँदा काम हुने तर संसद्मा बोल्दा सुनुवाइ नहुने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्नसमेत गरिन्। सांसद आउने, बोल्ने, बहस गर्ने र जिम्मेवारी निर्वाह गर्ने लोकतान्त्रिक अभ्यास कसरी कमजोर भयो भन्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ।

धितालले दक्षिण एसियाली लेखिका अरुन्धती रोयको Listening to Grasshoppers मा लोकतन्त्रबारे गरिएको चर्चालाई उद्धृत गर्दै लोकतन्त्रका संस्थागत संरचना कायम रहे पनि त्यसको सार कमजोर हुन सक्ने चेतावनी दिइन्। ‘संसद् हुन्छ, चुनाव हुन्छ, प्रतिनिधि हुन्छन्, बहस हुन्छ, मतदान हुन्छ। तर सबै भइरहँदा पनि लोकतन्त्रको सार बाँकी नरहन सक्छ,’ रोयको भनाइ उद्धृत गर्दै उनले भनिन्।

संसद् कसरी चल्नुपर्छ भन्ने पूर्ण उत्तर आफूसँग पनि नरहेको स्वीकार गर्दै उनले त्यसबारे सामूहिक रूपमा समाधान खोज्नुपर्ने बताइन्। आवश्यक परे समिति गठन गरेर विज्ञ, सांसद, पूर्वसांसद, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाज र जनताका अनुभवसमेत सुन्नुपर्ने उनले प्रस्ताव गरिन्।

‘हामी नै सर्वेसर्वा हौँ, हामीबाहेक सबै नजान्ने भन्ने भ्रममा छौँ भने त्यसबाट मुक्त बनौँ,’ उनले भनिन्।

सांसदको भूमिकामा ‘पहिचान संकट’ उत्पन्न भएमा उनीहरू कामभन्दा देखावटी गतिविधितर्फ लाग्न सक्ने भन्दै धितालले संसद्लाई स्थायी संस्था र आफूहरूलाई अस्थायी प्रतिनिधिका रूपमा बुझ्नुपर्ने बताइन्।

उनले सत्तापक्ष र प्रतिपक्ष लोकतान्त्रिक मैदानका दुई खेलाडी भएको उल्लेख गर्दै प्रतिस्पर्धाबिनाको जितको अर्थ नहुने धारणा राखिन्। सदनका प्रत्येक सदस्यले स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाको अनुभव गर्न पाउनुपर्ने उनको भनाइ छ।

सांसदको अनुपस्थितिलाई लिएर एकअर्कालाई दोष दिने प्रवृत्तिबाट माथि उठेर संसद्लाई कसरी जीवन्त बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने धितालले बताइन्।

‘हामी सबैका आफ्ना अनुभव छन्, असन्तुष्टि छन्, कमजोरीका आफ्ना–आफ्ना ठाउँ छन्। तर सकारात्मक कुरा पनि छन्। हामीसँग सुधारका लागि आइडिया छन्,’ उनले भनिन्।

अन्त्यमा उनले सांसदका लागि सदनमा उपस्थित हुनु बाध्यता नभई इच्छा बन्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।

‘अब यस्तो सदन बनोस् जहाँ सांसदलाई सदन आउनु बाध्यता नबनोस्, इच्छा बनोस्,’ रास्वपा सचेतक धितालले भनिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के  भने ?

ककपिटमा छुरा रोपिएका पाइलटको मोदीसँग भिडियो कल, अस्पतालबाट के भने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, 'म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।'
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ...
फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

फेरी आन्दोलन चर्काउने तयारीमा ‘कक्रोच’

अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो ।
चाडपर्वमा काठमाडौँमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने, २४२ वटा सिसीटिभी र ३ ड्रोनमार्फत निगरानी

चाडपर्वमा काठमाडौँमा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने, २४२ वटा सिसीटिभी र ३ ड्रोनमार्फत निगरानी

उनले काठमाडौँका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने भन्दै काठमाडौँका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने...

भर्खरै