नेभिगेशन
समाज

अलिकति धक्का खाएका हौँ, पछारिएको ठाउँबाट उठ्न सक्छौँः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरुलाई सपथग्रहण गराउदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उदेश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका हुन् । 

Ncell
Extreme Energy

अध्यक्ष ओलीले भने, ‘फेरि हामी पछारिएको ठाउँबाट उठ्न सक्छौँ । हामी अलिकति धक्का खाएका हौँ । धक्का स्वभाविक कुरा हो ।’ 

उनले मुलुकको विकासको अभियानमा अघि बढेको एमालेलाई विकास हुन नदिने तत्वहरूले रोक्ने प्रयास गरेको धारणा राखे । उनले देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना कुरा  नअल्झी फराकिलो मनका साथ अगाडि बढेमा पार्टी फेरि लडेको ठाउँबाट उठ्न सक्ने र पहिलेकै अवस्था भन्दा अझ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । 

‘हाम्रो देशमा प्रतिगमन भएको छ । एकछिन धक्का लागेको छ । तर मैले भन्ने गरेको साथीहरु हाम्रो पार्टी यस्तो महान् उद्देश्य बोकेर अगाडि बढेको छ । त्यसकारण सानातिना कुराहरुमा नअल्झऔँ । इगोमा नअल्झऔँ । नचाहिने कुरामा नफसौँ । महान् उद्देश्यमा फराकिलो मनका साथ अघि बढौँ ।’ अध्यक्ष ओलीले भने । 

शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ’आदर्श व्यक्ति’ को रूपमा स्थापित हुनुपर्ने, गलत आचरण त्याग्नुपर्ने तथा पवित्र, शुद्ध, कम्युनिष्ट शालीनता र विनम्रता प्रस्तुत गर्नुपर्ने उनले बताए । 

उनले समय ‘आईटी वार’ को जमाना भएकाले नेता–कार्यकर्ताहरूले आधुनिक प्रविधि र समसामयिक परिवेशलाई बुझेर सोही अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।