नेभिगेशन
समाज

गुठीको जग्गा मिच्नेविरूद्ध काठमाडौं जिल्ला प्रशासन उत्रियो एक्सनमा

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुठीको जग्गा अतिक्रमण गरी बनाइएका व्यक्तिगत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं महानगरपालिका–१६ नर्सरीचोकस्थित गुठीको जग्गामा पर्खाल लगाएर व्यक्तिगत रूपमा भोगचलन गरिएको भन्दै प्रशासनले संरचना हटाउन सूचना जारी गरेको हो।

Ncell
Extreme Energy

जिल्ला प्रशासनका अनुसार नक्सा सिट नं. १०२–१०२३–०६ को कित्ता नं. ३६ मा रहेको ३१९.८० वर्गमिटर र नक्सा सिट नं. १०२–१०२३–११ को कित्ता नं. १६ मा रहेको ५२.८० वर्गमिटर जग्गाको श्रेस्तामा असन अन्नपूर्ण माइस्थान गुठी उल्लेख छ।

तर उक्त जग्गा देवेन्द्र सुब्बा, धीरेन्द्र प्रधान र चिरञ्जीवी देवकोटालगायतका व्यक्तिले पर्खाल लगाएर भोगचलन गर्दै आएको प्रशासनले जनाएको छ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा नापी कार्यालय डिल्लीबजार तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहित स्थलगत अनुगमन गरिएको थियो।

यसअघि पनि उक्त जग्गा खाली गराउन गुठी संस्थानलाई पत्राचार गरिएको थियो। तर हालसम्म जग्गा खाली नभएपछि भोगचलन गरिरहेका व्यक्तिका नाममा १५ दिने सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तोकिएको अवधिभित्र जग्गा खाली नगरे प्रचलित कानुनबमोजिम संरचना हटाई जग्गा खाली गराएर सार्वजनिक प्रयोगमा ल्याइने प्रशासनले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपछि यसरी उजाडियो सेतीवेणी

बाढीपछि यसरी उजाडियो सेतीवेणी

कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार उजाडिएको छ।
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ ।
अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन म्याग्दीका युवाले श्रमदान अभियान थालेका छन्।