नेभिगेशन
समाज

फुर्केखोलाको वैकल्पिक सडक किन हुँदैछ पाँच घण्टा बन्द ?

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाको पुल बगेपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो।

Ncell
Extreme Energy

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने जानकारी दिइन्।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएपछि उक्त सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।

सडक बन्द रहने अवधिमा धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारीसाधनलाई अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपछि यसरी उजाडियो सेतीवेणी

बाढीपछि यसरी उजाडियो सेतीवेणी

कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार उजाडिएको छ।
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ ।
अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन म्याग्दीका युवाले श्रमदान अभियान थालेका छन्।