नेभिगेशन
समाज

खुल्यो गल्छी–वेत्रावती सडक

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण करिब एक महिनादेखि ठप्प रहेको गल्छी–वेत्रावती सडकखण्डमा शुक्रबारदेखि यातायात सञ्चालनमा आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाका अनुसार ट्र्याक खोल्ने काम सम्पन्न भएपछि सडकमा यातायात सञ्चालन गरिएको हो। सडक खुलेसँगै सडक सञ्जालबाट विच्छेद भएको रसुवा पुनः जोडिएको छ।

Ncell
Extreme Energy

गत भदौ १० गते आएको बाढी र पहिरोले गल्छी–रसुवागढी सडकखण्डको करिब ५५ किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको थियो। बाढीले पुलसमेत बगाएपछि रसुवा सडक सञ्जालबाट विच्छेद भएको थियो।

वेत्रावती भिर र उत्तरगया पब्लिक स्कुलनजिकको कडा चट्टान छिचोलेर नयाँ ट्र्याक खोलिएको ओझाले बताए। ट्र्याक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ।

बाढीले बगाएका पुलको विकल्पमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिजको जग तयार भइसकेको र रसुवातर्फ पनि जग निर्माण अन्तिम चरणमा पुगेको ओझाले बताए। एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी जोड्ने सडक दसैँको मुखमा खुलेपछि स्थानीय बासिन्दा र व्यापारीलाई आवतजावत तथा ढुवानीमा राहत पुगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपछि यसरी उजाडियो सेतीवेणी

बाढीपछि यसरी उजाडियो सेतीवेणी

कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार उजाडिएको छ।
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ ।
अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन म्याग्दीका युवाले श्रमदान अभियान थालेका छन्।