नेभिगेशन
समाज

अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

म्याग्दी। बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन म्याग्दीका युवाले श्रमदान अभियान थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेनीका प्रकाश पौडेलको नेतृत्वमा १५ जनाको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा पैदल हिँड्न अप्ठ्यारो ठाउँमा झर्‍याङ राख्ने, डोरी झुन्ड्याउने र बाटोमा लडेका रुख हटाउने काम गरेको हो।

Ncell
Extreme Energy

पौडेलका अनुसार सडक मर्मत भएर नियमित यातायात सञ्चालनमा नआएसम्म पैदल हिँड्नुपर्ने यात्रुको सहजताका लागि सामाजिक सञ्जालमार्फत स्वयंसेवक परिचालन गरेर अभियान चलाइएको हो।

गत साताको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा ठूलो क्षति पुर्‍याएको छ। बेनीदेखि काभ्रेभीर खण्डको ३३ किलोमिटर सडक पहिरो, बाढी र कालीगण्डकीको कटानले क्षतिग्रस्त भएपछि मुस्ताङमा रहेका पर्यटक, तीर्थयात्री, व्यवसायी तथा स्थानीयलाई अत्यावश्यक कामका लागि पैदल हिँड्नुपर्ने अवस्था छ।

बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार अवरुद्ध ४६ स्थानमध्ये ४१ स्थानमा मर्मत सकिएको छ। बाँकी तिल्केनीचौर, खामभित्ता र भुरुङ तातोपानी क्षेत्रमा मर्मत भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले बताए।

उनका अनुसार इन्धन, उपकरण र मजदुरको व्यवस्था गरेर बाँकी सडक पनि सकेसम्म छिटो सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपछि यसरी उजाडियो सेतीवेणी

बाढीपछि यसरी उजाडियो सेतीवेणी

कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार उजाडिएको छ।
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ ।
बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

बाढीपहिरोले चार जिल्लाका मुख्य सडक अवरुद्ध

बाढीपहिरोका कारण रसुवा, मनाङ, म्याग्दी र हुम्लाका मुख्य सडकखण्ड अवरुद्ध भएका छन्।