नेभिगेशन
समाज

यी पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो ३ बजे  बैठक बस्न लागेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा आगामी स्थानीय निर्वाचनको तयारी, पार्टीका विभागीय जिम्मेवारी र संगठन विस्तारसँग सम्बन्धित विषयमा छलफल तथा निर्णय हुने कार्यसूची छ।

Ncell
Extreme Energy

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा पेस हुनेछ।

त्यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने भनिएको ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल हुनेछ।

बैठकमा यीबाहेक समसामयिक तथा अन्य आन्तरिक विषयमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

रास्वपाले बैठकका लागि केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।