नेभिगेशन
समाज

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मोरङ। लेटाङ नगरपालिका–९ हात्तीचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल असोज १६ गते राति १०ः३५ बजे भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

दुर्घटनामा झापाको घेराबारी बस्ने मोटरसाइकल चालक २७ वर्षीय कुमार नेपाली, पछाडि सवार २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

घाइतेमध्ये कुमारको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा उपचारका क्रममा असोज १६ गते राति १२ बजे मृत्यु भएको थियो। सन्देशको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा असोज १७ गते राति १२ः०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अमरको भने न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य उपचारका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ।
यी पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

यी पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो ३ बजे  बैठक बस्न लागेको हो।