नेभिगेशन
समाज

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मोरङ। लेटाङ नगरपालिका–९ हात्तीचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल असोज १६ गते राति १०ः३५ बजे भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

दुर्घटनामा झापाको घेराबारी बस्ने मोटरसाइकल चालक २७ वर्षीय कुमार नेपाली, पछाडि सवार २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

घाइतेमध्ये कुमारको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा उपचारका क्रममा असोज १६ गते राति १२ बजे मृत्यु भएको थियो। सन्देशको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा असोज १७ गते राति १२ः०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अमरको भने न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।