नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य उपचारका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ। महाधिवेशन स्थल खुलामञ्चमै दुईवटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार खुलामञ्चको पश्चिमतर्फ पाँचवटा स्टलसहितको हेल्थ डेस्क तयार गरिएको छ। त्यहाँ प्रतिनिधिको सामान्य स्वास्थ्य परीक्षणका साथै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

Ncell
Extreme Energy

डा. केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। प्रत्येक सिफ्टमा चिकित्सक, पारामेडिक्स तथा नर्ससहितको स्वास्थ्य टोली रहनेछ। हेल्थ डेस्कमा ८ जना चिकित्सकसहित स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए।

प्रतिनिधिको रक्तचाप र रक्तचिनी परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ।

आकस्मिक अवस्थामा प्रतिनिधिलाई थप उपचारका लागि अस्पताल लैजानुपर्ने भए वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालसँग समन्वय गरिएको छ। त्यसका लागि महाधिवेशन स्थलमै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।

रातिको समयमा स्वास्थ्य समस्या आएमा पनि सेवा उपलब्ध हुने गरी ‘अन कल’ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको डा. केसीले बताए। होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या भए होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै प्रकारको स्वास्थ्य सेवा उपलब्ध हुनेछ। आवश्यकताअनुसार अत्यावश्यक औषधिसमेत हेल्थ डेस्कमै उपलब्ध गराइने उनले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

लेटाङ नगरपालिका–९ हात्तीचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
यी पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

यी पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो ३ बजे  बैठक बस्न लागेको हो।